PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

​सुवास नेवाङले थप्पड देखाउँदै भने केपी धुलाई किन नहुने?



सविन ढकाल

​सुवास नेवाङले थप्पड देखाउँदै भने केपी धुलाई किन नहुने?

काठमाडौं :  शुक्रबार दिउँसो करिब साढे ३ बजेतिर पूर्वसभामुख सुवास नेम्वाङ हतारिँदै काठमाडौँको कमलपोखरीमामा रहेको रसियन कल्चर सेन्टरमा प्रवेश गरे। 

उनी ३ बजेको फ्लाइट समातेर विराटनगर विमानस्थलबाट त्रिभुवन विमानस्थल ओर्लिएर सोझै सेन्टर पुगेका थिए।

कार्यक्रममा पुगेर केही बेर विश्रामसमेत गर्न नपाउँदै उद्घोषकले बोल्नका लागि स्टेजमा बोलाई हाले। 

मन्तव्यको अन्तिमतिर उनले भने, ‘मलाई दुई दिनदेखि दिमागमा एउटा कुरा घुमिरहेको छ। दुविधामा छु तपाईँहरुबाट केही राय पाउँछु कि ?’
उनको दुविधा के रहेछ भनेर कार्यक्रममा उपस्थित सबै उत्सुक भए।

उनले बडो उत्साही हुँदै भने- ‘नेपाली समाजमा एउटा भनाई छ हरिविजोग। किन यो हरिबिजोग नै भन्ने ? मान्छेको नाम त हो - प्रचण्डबिजोग भन्न मिल्दैन? प्रधानमन्त्री भएको यतिका समय भयो, केही गर्न सक्नुभएको छैन। त्यसैले हरिबिजोग भन्दा प्रचण्डबिजोग नै मिल्छ।‘
हलभरि हाँसो छुट्यो। 

एमाले अध्यक्ष केपी ओली मात्र होइन, एमालेका अरु नेता पनि राम्रै मजाक गर्दा रहेछन्, छेउमा बसेकाहरु खासखुस गर्न थाले। त्यसपछि उनले अर्को शब्द झिके – रामधुलाई। ‘यो रामधुलाई भन्दा पनि केपी धुलाई ठीक होला। उहाँले सबैको धुलाई गर्नुहुन्छ।‘

हल भरि फेरि हाँसोको फोहोरा छुट्यो 

नेम्वाङ शुक्रबार रसियन कल्चर सेन्टरमा सिस्नुपानीका देवी घिमिरेले लेखेको पुस्तक ‘थप्पड’को लोकार्पण गर्न पुगेका थिए। उनले नौलो शैलीमा थप्पड आकार देखाउँदै पुस्तकको विमोचन गरेका थिए। 







@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell