
काठमाडौं : हिमालयन शेर्पा क्लब चौथो उदयपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार सम्पन्न खेलमा आयोजक उदयपु एघारलाई ४-१ ले पराजित गर्दै हिमालयनले अन्तिम चारमा स्थान बनाएको हो।
उदयपुरको जितमा सुरज हमाल, माउसा र विशवास श्रेष्ठले गोल गरे भने उदयपुरका लक्ष्मी पन्जियारले आत्मघाती गोल गरे। उदयपुरका लागि रामु थापाले सान्त्वना गोल गरे।
हिमालयनले अब सेमिफाइनलमा झापा एघार र रुपन्देही एघारको विजेतासँग खेल्नेछ।
प्रतियोगिता अन्तर्गत शनिबार सशस्त्र प्रहरी बलको एपीएफ र मोरङ एघारबीच खेल हुनेछ। सिएमजी संकटा यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ।
(फोटो : गोलनेपाल डट कम)