PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

माइक्रो बस दुर्घटनामा ९ जना घाइते, गम्भीर अवस्थाका चालकको काठमाडौंमा उपचार हुँदै



पहिलोपोस्ट

माइक्रो बस दुर्घटनामा ९ जना घाइते, गम्भीर अवस्थाका चालकको काठमाडौंमा उपचार हुँदै

काठमाडौं : नुवाकोटको पासाङ्ग ल्यामु राजमार्ग अन्तर्गत मदनपुर- ८ मा माइक्रो बस दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्।

गएराति सवा ९ बजे बा १ ज ७५८४ नम्बरको माइक्रो बस सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो। घाइतेमध्ये चालक मदनपुर-८ का ३० बर्षीय जयमान लामाको अवस्था गम्भीर रहेको छ। घाइते सबैलाई उपचारको लागी काठमाडौंको ग्रिनसिटी अस्पताल ल्याइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell