PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

सर्वाधिक धनराशीको महिला क्रिकेट प्रतियोगिता हुने



पहिलोपोस्ट

सर्वाधिक धनराशीको महिला क्रिकेट प्रतियोगिता हुने

कैलाली : कैलालीको अत्तरीयामा देशकै सर्वाधिक धनराशीको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। अत्तरीया युनाईटेड स्पोर्टस क्लबको आयोजनामा अर्को वर्ष वैशाख १४ गतेदेखि महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिता हुन लागेको हो। आयोजकका अनुसार प्रतियोगितामा झण्डै ४ लाखभन्दा बढी नगद पुरस्कार दिइनेछ।
 
पुरुष क्रिकेटले सफलताहरु हासिल गरिरहेको अवस्थामा महिला क्रिकेटको स्तर पनि बढाउन र महिलाहरुलाई क्रिकेटतर्फ आकर्षित गर्दै उनीहरुलाई खुलेर खेल्ने वातावरण बनाउने उद्देश्यले प्रतियोगिता गर्न लागेको आयोजकले बताएको छ।

लिगकम नकआउटको आधारमा खेलाईले प्रतियोगितामा प्रत्येक टीमले ४ जना विदेशी खेलाडी राख्न पाउने युनाईटेड अत्तरीया स्पोर्टस क्लवका अध्यक्ष तथा प्रतियोगिताका संयोजक रवि खनालले जानकारी दिए।
 
प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख पुरस्कार पाउनेछन्। यस्तै उत्कृष्ट खेलाडीलाई नगद २५ हजार तथा उत्कृष्ट व्याट्सवुमन, उत्कृष्ट बलर र उत्कृष्ट विकेटकिपरले नगद १०/१० हजार पाउनेछन् भने प्रत्येक खेलका वुमन अफ द म्याचले नगद ३ हजार पुरस्कार दिईनेछ।
 
करिब २५ लाख खर्च लाग्ने अनुमान गरिएको क्रिकेट प्रतियोगिताको लागि प्रायोजकहरुको खोजी गर्दै आवश्यक तयारी भईरहेको आयोजक क्लवका उपाध्यक्ष तथा आर्थिक समितीका संयोजक निराजन भाटले बताए।
 
प्रतियोगिता आयोजना गर्नका लागि तिव्र रुपमा तयारी भइरहेको आयोजकले बताएको छ।
(फोटो : दिपक उपाध्याय)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell