नेपोली इटालियन सिरी ए को दोस्रो स्थानमा उक्लेको छ।
शुक्रबार भएको खेलमा जेनेओलाई २-० ले पराजित गर्दै नेपोलीले अंक तालिकामा रोमालाई पछि पारेको हो।
नेपोलीको जितमा पिओर जेलिन्स्की र इमानुएल जिएचेरिनीले १/१ गोल गरे।
जितपछि नेपोलीको २४ खेलबाट ५१ अंक भएको छ भने एक खेल कम खेलेको रोमो तेस्रोमा झरेको छ। २३ खेलबाट ५७ अंक जोडेको युभेन्ट्स शीर्ष स्थानमा छ।