PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

सम्पदा पुनर्निर्माणमा ठेक्काविरुद्ध उत्रिए वसन्तपुर दरबार क्षेत्रका बासिन्दा



पहिलोपोस्ट

सम्पदा पुनर्निर्माणमा ठेक्काविरुद्ध उत्रिए वसन्तपुर दरबार क्षेत्रका बासिन्दा

काठमाडौं : पुरातात्विक सम्पदा पुनर्निर्माणमा लगाइएको ठेक्काप्रथा रोक्न वसन्तपुर दरबार स्क्वायरका स्थानीयवासीले माग गरेका छन्।
 
पुरातत्व विभागले सम्पदा पुनर्निर्माणका नाममा स्थानीयको मागविपरीत जथाभावी ठेक्का लगाएको भन्दै सो कार्य रोक्न माग गरिएको हो। दरबार स्क्वायरमा रहेको दशअवतार त्रैलोक्य नारायण मन्दिरमा पुजारी तथा स्थानीयको माग सुनुवाइ नभएकोमा त्यहाँ माघ ११ गते तालाबन्दी गरिएको थियो। तर तालाबन्दी गरेकै अवस्थामा काम अघि बढाइएकाले स्थानीयहरु विरोधमा निस्कनुपरेको सम्पदा पुर्निर्णमामा ठेक्काप्रथा विरुद्धको अभियानका कार्यक्रम संयोजक गणपतिलाल श्रेष्ठले बताए।

'नौतले दरबार चीनलाई दिइयो भन्ने हामीले सुन्यौं। के हामी सक्षम थिएनौं श्रम गर्न?' उनले भने, 'हामी श्रम मात्र होइन आर्थिक सहयोग गर्न पनि सक्षम छौं। हनुमानढोका दरबार क्षेत्रमात्र होइन कुनै पनि सम्पदा निर्माणमा गरिने कमिसनरुपी ठेक्का प्रथा मान्दैनौं।'
 
नेपालको सन्दर्भमा कमिसनको लोभमा ठेक्काका काममा लापरबाही हुने प्रवृत्ति देखिएको उनको भनाइ थियो। आफूहरुले भूकम्पलगत्तै सम्पदाकाम महत्त्वपूर्ण सामग्री सुरक्षित राखी सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको र स्थानीयबाट जानकारी र सुझाव नमागिएको उनले बताए।

'सम्पदाको कुरामा हतार नगरौं भनेर सरकारी तहबाट जवाफ पाइयो तर दुई वर्ष बित्दा पनि स्थानीयको माग नसुनी जथाभावी ठेक्कामा दिने काम गरियो। यो हामीलाई मान्य हुँदैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell