PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

तिमी 'पुरुष' बन्न सकेनौ : १२ फोटोमा महिला हिंसाविरुद्ध र्‍याली

तिमी 'पुरुष' बन्न सकेनौ : १२ फोटोमा महिला हिंसाविरुद्ध र्‍याली

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : महिला हिंसाविरुद्ध युवाहरुको अभियानले आज राजधानीमा र्‍याली निकालेको छ।
 
डा. दिलजान मन्सुरको संयोजकत्वमा 'विइङ होमो सापिएन्स' अभियान अन्तर्गत ललितपुरको चापागाउँ दोबाटोबाट सुरु भएको र्‍याली माइतीघर मण्डला, सहिदगेट हुँदै वसन्तपुर पुगेको थियो।

'त्यो कोखको बलात्कार नगर, जहाँबाट जन्म लियौं',  'हर अखबारमा समाचार छ, आफ्नै आमाको बलात्कार छ', 'नरुनुस् आमा म जिउँदै छु', 'एसिडले नारीको रुप होइन, पुरुषको अस्तित्व मेटाउँछ' जस्ता नारा लेखिएको प्लेकार्ड सहित अभियानका सदस्य र अन्य युवाहरु पनि र्‍यालीमा सामेल थिए।
 
अभियानका संयोजक डा मन्सुरले पछिल्लो समय एसिड प्रहारबाट महिलाले ज्यान गुमाएको घटनापछि यस्तो अभियान थालिएको बताए। 'अब फेसबुक, ट्वीटरमा भन्दा पनि सबै एक भएर बाहिर निस्केर आवाज उठाउनुपर्छ। झ्यालबाट होइन कि सडकमै आएर हिंसाविरुद्ध बोल्नुपर्छ,' उनले भने।

केही दिनअघि मात्रै नवलपरासी गैंडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटालाई धादिङका सुनिल कोइरालाले एसिड प्रहार गरेका थिए। तुलसाको उपचारकै क्रममा गत आइतबार ज्यान गएको थियो।


ट्रेन्डिङ पोस्ट

Ncell