PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आऊ दुवै रङ्ग भरौं यही खाकाभरि : प्रणयपरक गजल



पहिलोपोस्ट

आऊ दुवै रङ्ग भरौं यही खाकाभरि : प्रणयपरक गजल

  • दीपसागर प्यासी

ढकमक्क फुल्यो जसै गुराँस पाखाभरि
त्यसरी नै फुल्यौ तिमी मेरो आँखाभरि
 
गीत बनाई तिमीलाई गाइरहूँ लाग्छ
मेरो आफ्नै लयभरि आफ्नै भाकाभरि
 
मुटुभित्र तिम्रो माया जम्मा गर्न मन छ
माहुरीले भर्छ जसै मह चाकाभरि
 
कोरेको छु तिम्रो मेरो जिन्दगीको खाका
आऊ दुवै रङ्ग भरौँ यही खाकाभरि।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell