काठमाडौं : महोत्तरीको बर्दिबास्थित मुसहर बस्तीमा यति बेला बेग्लै खुसी छाइरहेको छ। त्यहाँका बासिन्दा दिनभर बस्ती निर्माणमा जुटेका छन्। भ्याइनभ्याई छ सबैलाई।
हास्यकलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको अगुवाइमा यहाँ एकीकृत नमुना बस्ती बनिरहेको हो। धुर्मुस-सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको बस्तीको ३० प्रतिशतभन्दा बढी काम सकिएको छ।
बस्तीमा अहिले घरको झ्याल र ढोका हाल्ने काम सुरु भइसकेको छ। ‘मुसहरहरुको अनुहारमा छुट्टै खुसी आएको छ,’ परियोजनाका संयोजक अर्जुन न्यौपानेले भने, 'अब बस्ती पाउछौं भनेर दिनरात बस्ती निर्माणमा खटिरहनुभएको छ।’
फाउण्डेशनलाई बस्ती निर्माणका लागि विभिन्न संघसंस्था तथा व्यक्तिगत रुपमा सहयोग गर्ने सहयोगी मनहरु बढिरहेको फाउण्डेशनका लेखा अधिकृत सरोज खत्रीले जानकारी दिए।
एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि ४ करोड ७८ लाख लगानी लाग्ने अनुमान गरिएको छ। परियोजनाको अनुमानित रकमका लागि अझै २ करोडभन्दा बढी सहयोग चाहिने लेखा अधिकृत खत्रीले बताए।
एक महिनाअघि महजोडीले बस्तीको शिलान्यास गरेका थिए।