PahiloPost

Jan 3, 2026 | १९ पुष २०८२

निर्वाचन मिति तत्काल घोषणा नगरे सरकारको औचित्य सकिन्छ : कमल थापा



पहिलोपोस्ट

निर्वाचन मिति तत्काल घोषणा नगरे सरकारको औचित्य सकिन्छ : कमल थापा

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनको मिति तत्काल घोषणा नगरे सरकारको औचित्य समाप्त हुने बताएका छन्।
 
रिपोर्टर्स क्लबले आज गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले संविधान कार्यान्वयन सफल बनाउन तीन वटै तहको निर्वाचन ०७४ माघ ७ गतेभित्रै सम्पन्न गर्नुपर्ने भएकोले त्यतातिर सबैले ध्यान दिनुपर्ने बताए। ‘मंसिर मसान्तभित्रै सबै तहको चुनाव सम्पन्न गर्नुपर्छ, अहिलेसम्म त्यसको तयारी केही भएको छैन, कमसेकम जेठभित्रै स्थानीय तहको चुनाव गर्नुपर्छ।’
 
विनाकारण र आधार संसद स्थगित गर्नु तथा स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन रिभ्यु गर्ने, सरकारकै मन्त्रीहरुले नै संविधान संशोधन नभएसम्म चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिनुले चुनाव हुने कि नहुने भन्नेमा गम्भीर आशंका पैदा भएको उनको बताए।
 
संविधान कार्यान्वयन र निर्वाचन नभए संविधान पूर्ण असफल हुने उनले खतरा औंल्याए।
 
संविधान संशोधन विधेयक तयार पार्दा कांग्रेस र माओवादी केन्द्रले अरु दलहरुसँग कुनै छलफल नै गर्न आवश्यक नठान्नु दुःखद् भएको भन्दै थापाले थपे, ‘त्यतिखेर उहाँहरुले हामीसँग यसबारेमा कुनै छलफल नगर्ने, अहिले आएर प्रस्ताव पारित गर्न सहयोग चाहियो भन्नु कत्ति जायज छ?  यथास्थितिमा राप्रपाले संशोधन प्रस्ताव पारित गर्न सहयोग गर्दैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell