PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

​गोरखामा हमालले हस्तान्तरण गरे पुन: निर्मित विद्यालय भवन



पहिलोपोस्ट

​गोरखामा हमालले हस्तान्तरण गरे पुन: निर्मित विद्यालय भवन

गोरखा : नायक राजेश हमाल शनिबार गोरखा जिल्लाको श्रीनाथकोट गाविस स्थिति गोहोरेमा पुगे। महानायक हमाललाई आफ्नो गाउँमा पाउँदा स्थानीय दङ्ग परे। उनीहरुले हमाललाई माला मात्र लगाइदिएनन् न्यायो माया समेत दिए।   

२०७२ बैशाख १२ को भूकम्पमा परेर ध्वस्त भएको श्री जनकल्याण माविलाई पाँच कोठे विद्यालय भवन हस्तान्तरण गर्न हमाल गोरखा पुगेका थिए। घाँसी नेपालले संस्थाले विद्यालयलाई पाँच कोठाको भवन निर्माणमा सहयोग गरेको थियो। करिब ३६ लाख लगानीमा निर्मित विद्यालय भवन हस्तान्तरण गर्न आएका अभिनेता हमाल देखेपछि भूकम्प पीडित स्थानीय खुसी भएका थिए।


गोरखाको दुर्गम गाउँ गोहोरे पुगेका अभिनेता राजेश हमालले पनि स्थानीयलको मनोबल बढाउने प्रयत्न गरे। 'म दोश्रोपटक यहाँ आउन पाउँदा एकदमै खुशी छु। यहाँहरुको हातेमालो र चाहनाले गर्दा नै गर्दा नै आज यो विद्यालय पुन: निर्माण हुन सम्भव भएको हो' उनले स्थानीयलाई धन्यवाद दिए।

'हामीहरु सबैलाई थाहा छ, भूकम्पले राष्ट्रिय धरोहरहरु सहित विद्यालयहरु गुमायौँ। जुन क्षेत्र गरीबीको भूमरीमा छ, जहाँ विकास हुन सकेको थिएन त्यहि ठाउँहरुमा नै भूकम्पले धेरै क्षति गरायो। त्यसमाथी विद्यालय भवनहरु भत्किँदा विद्यार्थीले बोलेका सम्भावनाहरु निमोठिए', कार्यक्रममा हमालले भने।

नेपाल सरकारको विद्यालय भवन निर्माण सम्बन्धी सम्पूर्ण नियम पालना गरी घाँसी नेपालले आफ्नै मोडलको नक्सा पास गरी उक्त विद्यालय निर्माण गरेको अध्यक्ष माधव घिमिरेले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell