PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

प्रिमियर लिग : लिभरपुलले टोटनहमलाई हरायो, आर्सनल र म्यानचेष्टर युनाइेडको जित



पहिलोपोस्ट

प्रिमियर लिग : लिभरपुलले टोटनहमलाई हरायो, आर्सनल र म्यानचेष्टर युनाइेडको जित

प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा आर्सनल, लिभर र म्यानचेष्टर युनाइटेडले जित हासिल गरेका छन्।

साडियो मानेको दुई गोल मद्दतमा लिभरपुलले टोटनहमलाई २-० पराजित गर्यो। मानेले दुई मिनेटको अन्तरमा दुई गोल गरे।

जितपछि लिभरपुल २५ खेलबाट ४९ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ भने समान खेलबाट ५० अंक रहेको टोटनहम दोस्रोमा कायमै छ। 
आर्सनल हल सिटीलाई हराउँदै ५० अंक जोड्न सफल भएको छ। 

एलेक्सिस सान्चेजको दुई गोल गरेपछि आर्सनल हल सिटीलाई २-० ले हरायो।

अर्को खेलमा युनाइेटडले वाटफोर्डलार्ई पनि २-० ले नै पराजित गर्यो। युनाइेटडको जितमा हुँवा माटा र एन्टोनी मार्टियसलले १/१ गोल गरे।
जितसँगै प्रिमियर लिगमा २ हजार अंक जोड्ने युनाइेटड पहिलो क्लब समेत बनेको छ।

युनाइटेडले २५ खेलबाट ४८ अंक जोडेको छ। एक खेल कम खेलेको म्यानचेष्टर सिटीको ४९ अंक छ।

लिगकै अन्य खेलमा साउथह्याम्पटनले सण्डरल्याण्डलाई ४-०, स्टोक सिटीले क्रिस्टल प्यालेसलाई २-० ले हराउँदा वेष्टह्याम र वेष्टब्रोमले २-२ तथा मिडल्स्ब्रो र एभरटनले गोलरहित बराबरी खेलेका छन्। 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell