
स्पानिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रियल मड्रिड र बार्सिलोना विजयी भएका छन्। रियलले ओसासुनालाई ३-१ ले हरायो भने बार्सिलोनाले अलाभेजलाई ६-० ले पराजित गर्यो।
रियलको जितमा क्रिस्टिायनो रोनाल्डो, इस्को र लुकास भज्क्वेजले १/१ गोल गरे। ओसासुनाका लागि सर्जि लिायेनले एक गोल गरे।
यस्तै लुइस सुवारेजको दुई गोल मद्दतमा बार्सिलोनाले अलाभेजमाथि शानदार जित हासिल गर्यो। बार्सिलोनाको जितमा लियोनल मेसी, नेमार इभान राकिटिकले १/१ गोल गरे भो अलाभेजको एलेक्सिसले एक आत्मघाती गोल उपहार दिए।
जितपछि २० खेलबाट ४९ अंकसहित रियल शीर्ष स्थानमा यथावत छ भने २२ खेलबाट ४८ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ।