काठमाडौँ : लक्ष्मी बैंकले शतप्रतिशत हकप्रद शेयर निस्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। बैंकले तिन करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
तीन अर्ब १५ करोड ९० लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गरि सकेपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ३१ करोड रुपैयाँ माथि पुग्नेछ।
बैंकले ३८ प्रतिशत बोनस सेयर यस अघिनै घोषणा गरिसकेको छ। उक्त बोनस साविक शेयरधनी र हकप्रद आवेदक दुबैले पाउने बैंकले जनाएको छ। बैंकले यस अघि प्रोफेसनल दियालो विकास बैंकलाई प्रति कित्ता ५० रुपैयाँ स्वाप रेसियोमा ‘अक्वायर’ गरेको थियो।