PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

पेरिसडाँडामा जनयुद्ध दिवसका ९ दृश्य

पेरिसडाँडामा जनयुद्ध दिवसका ९ दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध सुरुवात गरेको आज २२औं वर्ष। दसवर्षे सशस्त्र युद्धबाट शान्ति प्रक्रियामा आएका माओवादीहरुले आजको दिनलाई जनयुद्ध दिवसमा मनाउँदै छन्।
 
सामाजिक आर्थिक र सांस्कृतिक रुपान्तरणको नारा दिएर क्रान्तिमा होमिएको तात्कालीन माओवादी अहिले चिरा–चिरामा रुपान्तरण भएको छ।
चार टुक्रा भएका माओवादीले आज चार स्थानमा जनयुद्ध दिवसका कार्यक्रम गर्दैछन्।
 
नेकपा माओवादी केन्द्रले दिउँसो पेरिसडाँडामा जनयुद्ध दिवस मनायो। माओवादीबाट फुटेर गठन मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीले बुद्धनगरस्थित कार्यालयमा जनयुद्ध दिवस मनाउँदैछ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेको माओवादीले खुल्लामञ्चमा जनयुद्ध दिवस मनाइरहेको छ। नेकपा माओवादीबाट विभाजित भएर आफूलाई कम्युनिस्ट समेत नमान्ने नयाँ शक्तिले पनि जनयुद्ध दिवस मनाउँदैछ।

दिवसलाई सम्बोधन गर्दे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिणपन्थी र बामपन्थी अतिवादी प्रवत्तिलाई सधैं सामन्तवाद र साम्राज्यवादले प्रयोग गर्ने गरेको बताएका छन्। ‘अतिवादले जहिले पनि जनताको मनोविज्ञानमा खेल्ने प्रयास गर्छ। समाजको वस्तुगत धरातल नाघेर अतिवादले जहिले पनि दायाँ वा बायाँ बाटो हिँड्न खोज्छ,' उनले भने, 'उनीहरुको नियत जे–सुकै होस्, अन्ततः त्यसलाई सामन्तवाद र साम्राज्यवादले प्रयोग गर्छ र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका विरुद्ध परिचालन गर्छ।’

नेपालको जनयुद्ध अरु देशको भन्दा मौलिक रहेको भन्दै उनले जनयुद्धकै बलमा उत्पीडितहरु राज्यसत्ताको अग्रभागमा आएको, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय, समावेशी–समानुपातिक जस्ता अधिकार जनयुद्धकै संस्थागत भएको बताए।
 
नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा भने जनयुद्ध दिवसको दृश्य यस्तो देखियो-


ट्रेन्डिङ पोस्ट

Ncell