PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

सबैलार्इ हसाउने डिज्ने ट्रम्पको नीतिले आफैं निराश, अमेरिका-चीन ‘ट्रेडवार’को चिन्ता



पहिलोपोस्ट

सबैलार्इ हसाउने डिज्ने ट्रम्पको नीतिले आफैं निराश, अमेरिका-चीन ‘ट्रेडवार’को चिन्ता

कार्टुन क्यारेक्टरमा आधारित वाल्ट डिज्ने यतिबेला आफ्नो घटिरहेको बिक्रीबाट चिन्तित छ। गत तीन महिनामा डिज्नेको मुभी बिजनेस र बिज्ञापनबाट आउने ‘रेभेन्यू’मा सात प्रतिशतले गिरावट आएको छ।
 
यसबाट चिन्तित डिज्नेलार्इ झन् बढी चिन्ता थपिदिएको छ- चीन र अमेरिकाबीच चलिरहेको ‘ट्रेडवार’ले। यही नजानिँदो ट्रेडवारका कारण आफ्नो ब्यापारमा संकट आउनसक्ने वाल्ट डिज्नेले अनुमान गरेको छ। 
 
बालबालिकाको लागि सर्वाधिक मनोरञ्जनको कार्टुन क्यारेक्टर डिज्नेलार्इ प्रयोग गर्दै विश्वविख्यात कम्पनी वाल्ट डिज्नेले सिनेमा, विज्ञापन, खेल, फन-पार्क जस्ता विविध क्षेत्रमा ब्यापार गरिरहेको छ।
 
गत जुनमा मात्रै डिज्नेले चीनको सांघाईमा डिज्नील्याण्ड खोलेको थियो। ब्यापारको हिसाबले चीनको डिज्नील्याण्ड  सन् २०१६ को आफ्नो सबैभन्दा सफल प्रोजेक्ट भएको वाल्ट डिज्नेका प्रबन्ध निर्देशक बब एलगेरले बताएका छन्।
 
डिज्नेल्याण्ड सांघाईमा अहिलेसम्म ७० लाख मानिसहरुले भिजिट गरेको बताउँदै एलगेरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनप्रति कडा रवैया कायम राखे डिज्नेलार्इ सबैभन्दा धेरै घाटा पुग्ने भन्दै चिन्ता ब्यक्त गरेका छन्। 
 
‘डिज्नेका चलचित्र र अन्य सामाग्रीहरुको बिक्रीमा चीनको उपस्थिती अत्यावश्यक भैरहेको छ,’ एलगेरले टिप्पणी गरेका छन्। ट्रम्पले चीनविरोधी ब्यापार नीति लिए आफ्नो व्यवसाय चौपट हुने भन्दै एलगेरले आफू त्रसित भएको सिएनबिसीसँग भनेका छन् ।
 
आफ्नो चुनावी क्याम्पेनको समयमा ट्रम्पले चिनियाँ वस्तुको आयातमा ४५ प्रतिशतसम्म ‘ट्यारिफ’ लगाउने धम्की दिएका थिए। तथापि राष्ट्रपतिको कार्यभार सम्हालेको तीन सातापछि चिनियाँ राष्ट्रपति सी जिङपिङलाई पत्र लेखेर ट्रम्पले दुई देशबीच असल मित्रता कायम राख्ने उल्लेख गरेका छन्।
 
अमेरिका प्रवेशका लागि आप्रवासीमाथि लगाइएको प्रतिबन्ध तथा मुश्लिम देशलार्इ गरिएको बन्देजलार्इ पनि डिज्नेले आलोचना गरेको छ।
 
गत डिसेम्बरयता तीन महिनाको बिक्रीमा मन्दी देखिएको तथ्याङ्क सार्वजनिक भएसँगै डिज्नेको निराशाजनक टिप्पणी बाहिर आएको हो। (एजेन्सी)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell