PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

​रेखा थापाको प्रेम संवादमा पनि राजनीतिको गन्ध



पहिलोपोस्ट

​रेखा थापाको प्रेम संवादमा पनि राजनीतिको गन्ध

काठमाडौं: नायिका रेखा थापाले प्रेम बारे हरेक प्रश्नमा राजनीतिक तर्क मिसाइन्। आइतबार काठमाडौंमा फिल्म 'राज्जा रानी' घोषणा कार्यक्रममा बोल्दै आफू जनता र कामसँग प्रेममा रहेको बताएकी हुन्।

भ्यालेनटाइन डेको योजना के छ? भन्ने प्रश्नमा भनिन्,'मेरो काँधमा जिम्मेवारी छ। आफ्नो व्यक्तिगत प्रेम जीवन बारे मात्र सोच्ने फूर्सद नै छैन। 
उनले प्रेम र राजनीतिज्ञ फरक हुन नसक्ने तर्क राखिन्। 

'नेतृत्व वर्ग भनेको समाज सेवाका लागि हुन्। जसको मुटुमा प्रेम छैन उसले राजनीति गर्दैन', रेखाले राजनीति गर्नका लागि जनताले चुन्न पर्ने बताउदै भनिन्,'माया प्रेम नभएकालाई जनताले चुन्दैनन्।'

रेखा थापाले गत मङ्सिर २७ गते राप्रपा नेपालको सदस्यता लिएकी थिइन्। उनको प्रवेशले पार्टी भित्र ग्लामर थपियो नै।  सामाजिक सञ्जालमा राप्रपाबारे टीकाटिप्पणी भए। रेखाले पनि पार्टी र जनताको हितमा आफू लागिपर्ने बताउदै आएकी छिन्। उनीमा राजनीतिक नशा यसरी चडेछ कि व्यक्तिगत प्रेम र सम्बन्ध बारे सोध्दा उनको जवाफ रह्यो,'म प्रेम गर्ने युवा उमेरमा काममा व्यस्त भएँ। मलाई कलाकारिता प्रतिको जिम्मेवारीले थिच्यो। जब कामबाट बिस्तारै हट्ने उमेर हुँदैछ फेरी हजारौं जनता प्रतिको जिम्मेवारी थपिएको छ।' 

रेखाले कोही व्यक्तिसँग सम्बन्धमा रहेर समय बिताउनु भन्दा गाउँ गाउँ गएर जनतासँग समय बिताउनु उत्तम हुनेसम्म भन्न भ्याइन्। 'डेटिङ, डिनर, गिफ्ट यि सब साट्नु अत्यावश्क होइन'  भनिन्,'कर्णाली, रोल्पा, डोल्पाका पिडित जनतासँग प्रेम साट्न सक्नु पर्छ। फेब्रअरी १४ मा मात्र होइन हरेक दिन।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell