PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

आइजी नियुक्ति विवादमा अदालतको आदेशपछि आयो देउवाको पुरानो मितिको प्रेस नोट



पहिलोपोस्ट

आइजी नियुक्ति विवादमा अदालतको आदेशपछि आयो देउवाको पुरानो मितिको प्रेस नोट

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा पार्टीका सभापति शेरबहादुर देउवाको कुनै संलग्नता नरहेको दाबी गर्दै कांग्रेस संसदीय दलको कार्यालयले प्रेस नोट जारी गरेको छ।

फागुन २ बाट रिक्त हुने प्रहरी महानिरीक्षकमा डिआइजी जयबहादुर चन्दलाई नियुक्त गर्न देउवाले सरकारलाई दबाब दिइरहेको समाचार एक साताबाट सार्वजनिक भइरहेको छ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेसँगै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिँदै फागुन ८ सम्मका लागि निर्णय निष्क्रिय पारेपछि कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले प्रेस नोट जारी गरेर प्रहरी महानिरीक्षक नियुक्ति नितान्त मन्त्रिपरिषद्को अधिकार क्षेत्रको विषय भएको उल्लेख गर्दै त्यस विषयमा कांग्रेस सभापतिको रुपमा देउवाको कुनै संलग्नता नरहने र नरहेको दाबी गरिएको छ।

प्रेस नोटमा प्रहरी महानिरीक्षक नियुक्त्तिमा देउवाको नाम जोडेर आएको समाचार गलत भएको दाबी गरिएको छ। निजी सचिवालयको नाममा प्रेस नोट फागुन १ दिउँसो ३:५९ मा [email protected] मार्फत आएको हो। तर सो प्रेस नोटमा उल्लेख गरिएको मिति माघ २९ उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell