PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

प्रेमिल सहरमा 'भ्यालेन्टाइन गिफ्ट' किन्नेको चटारो, १४ फोटोमा

प्रेमिल सहरमा 'भ्यालेन्टाइन गिफ्ट' किन्नेको चटारो, १४ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सहरका युवायुवती प्रेमोत्सवमा छन् यति बेला। त्यसो त यो उत्सवको तरंग गाउँका ससाना बजारसम्म पुगेको छ। ती बजारका पसलमा झुन्डिएका 'भ्यालेन्टाइन गिफ्ट', कार्ड अनि रातो गुलाबले माहोल रंगीन बनाइरहेको छ।
 
पश्चिमा समाजबाट विकसित भएको भ्यालेन्टाइन्स डे अर्थात् प्रणय/प्रेम दिवस नेपाली समाजमा घुसिसकेको छ। 'भर्चुअल लभ'को यो जमानामा 'भ्यालेन्टाइन्स डे'ले उनीहरुमा उत्सव थप्ने नै भयो।
 
बजारमा गुलाबको बिक्री बढेको छ। भारतबाटै लाखौं मूल्य बराबरको गुलाब नेपाल भित्रने गरेको तथ्यांक छ। यही उत्सवमा गिफ्ट पसलमा युवायुवतीको भिड लागेको छ। सपिङ मल, पसल, फिल्म हल गुलाबमय बनेका छन्, लाग्छ प्रेम जताजतै व्याप्त छ।
 
आफ्नो प्रिय-अतिप्रिय मान्छेको लागि उपहार दिन भ्यालेन्टाइन गिफ्ट छान्दै गरेका युवायुवतीको प्रेमिल मूडलाई इलिट जोशीले यसरी खिचेका छन्-


ट्रेन्डिङ पोस्ट

Ncell