PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

ओस्कार विजेता अभिनेत्री मेरिलले ट्रम्पलाई जवाफ दिँदै भनिन्, 'हो, म अहङ्कारी हुँ'



पहिलोपोस्ट

ओस्कार विजेता अभिनेत्री मेरिलले ट्रम्पलाई जवाफ दिँदै भनिन्, 'हो, म अहङ्कारी हुँ'

ओस्कार विजेता हलिउड अभिनेत्री मेरिल स्ट्रिपले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गरेको टिप्पणीमाथि प्रतिक्रिया जनाउँदै भनिन्, 'हो म निकै अहंकारी र अत्यधिक देखावटी अभिनेत्री हुँ।' ट्रम्पले मेरिललाई अहंकारी र देखावटी अभिनेत्री भएको आरोप लगाएका थिए।

पछिल्लो महिना ६७ वर्षीय अभिनेत्री मेरिलले गोल्डन ग्लोब्स पुरस्कार समारोहमा अवार्ड लिने क्रममा अमेरिकी राष्ट्रपतिको कडा आलोचना गरेकी थिइन्। उनले अमेरिकी राष्ट्रपतिको नाम नलिइकनै आलोचना गरेकी थिइन्।

पछि ट्रम्पले स्ट्रिपको टिप्पणीमाथि प्रतिक्रिया दिँदै ट्वीटमा लेखेका थिए, 'मेरिल हलिउडकी निकै अहंकारी अभिनेत्री हुन्। उनीसँग मेरो चिनजान छैन तर पनि उनले मेरो आलोचना गरिन्।'

मेरिलले भनिन्, 'म निकै अहंकारी र देखावटी अभिनेत्री हुँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell