
काठमाडौं: अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसैन पहिलोपटक स्क्रिन सियर गर्ने भएका छन्। फिल्म ‘राज्जा रानी’को निर्माण घोषणासँगै उनीहरुको नाम मुख्य कलाकारका रुपमा सार्वजनिक भएको हो।
आइतबार काठमाडौंमा निर्माण घोषणासँगै चलचित्रको मुहर्त समेत गरिएको छ। मुहर्तमा नाजिर र केकिले फिल्मका लागि पहिलो सट दिए।
यम थापाको लेखन तथा निर्देशनमा बन्ने फिल्म बारे निर्देशक थापाले भने,‘राज्जा रानी' प्रेम हो, यसलाई प्रेमकै रुपमा बुझ्नूस।’ उनले फिल्मको कथा पश्चिम तराई र मधेशमा बोलिने शब्दावली र संवेदनामाथि केन्द्रित रहने बताए।
केकी र नाजिरसँगै कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित लगायतका कलाकारको अभिनय रहने छ। फिल्म युनिट फागुन ५ गतेबाट छायांकनका ला गि फ्लोअरमा निस्कदै छ। नेपालगंजमा छायांकन हुने सोसल ड्रामालाईइ रमेश एम. के पौडेलको निर्माण गर्न लागेका हुन्।
फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन हुनेछ।