PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

सिके राउतको हवाला दिएर हामीलाई समात्ने? खुलामञ्चबाट विप्लवले अरु के भने?



पहिलोपोस्ट

सिके राउतको हवाला दिएर हामीलाई समात्ने? खुलामञ्चबाट विप्लवले अरु के भने?

काठमाडौँ : नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीका नेताहरु समात्न हल्ला चलाइएको बताएका छन्। खुल्लामञ्चमा नेकपा माओवादीको आठौँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै विप्लवले भने, 'हामी यहि छौँ त। सिके राउतको हवाला दिएर हामीलाई समात्ने हल्ला छ।'
 
उनले माओवादीलाई जेल हाल्न सके पनि इतिहासको कठघरामा उभिनुपर्ने अवस्था आउने बताए।
 
संसदीय राजनीतिप्रति आक्रोश पोखेका विप्लवले फेरि एउटा क्रान्ति आवश्यक रहेको बताए। 'हाम्रो देशको समस्या राजनीतिक व्यवस्थाको समस्या हो। नेपालमा विद्रोहीहरुले जित्न सकेनन्। जनताको माग नेतृत्व गर्न पाएनन्। यो स्थितिमा संसदीय व्यवस्था नै आजको संकटको कारण हो', उनको भनाइ थियो।
  
खुल्लामञ्चबाट विप्लवले के भने?

  • तोप र मेसिनगन हेलिकोप्टरविरुद्ध नेपाली जनताले खुकुरी र भरुवा बन्दुकको भरमा तानाशाही ढाल्न सकिन्छ भनेर सपना देखाउन सक्ने पार्टी हो हाम्रो।
  • हामीले जित्यौँ जनयुद्धमा जितेकै हो। काठमाडौँको शक्तिलाई घेराबन्दी गर्ने शक्ति बन्यो।
  • जुन पार्टीलाई जनमुक्ति सेनाले जितायो। तर केही नेताहरुलाई डर लोभ देखाएर उनीहरुको भकारीमा केही करोड थन्काए। यो अफसोसको कुरा हो।
  • हाम्रो पार्टी जनताको हो। विदेशीको अगाडि चाकडी गर्ने होइन। हामी फेरि आवश्यकता पर्दा सीमानामा उभिएर ट्रेन्च खन्ने क्रान्तिकारी देशभक्त पार्टी बनाउने छौँ।
  • सिण्डेकेट तथाकतथित भ्रष्ट ठेकेदार तीन दलले जनताबारे चिन्ता गरेको देख्नु भएको छ? अनुहारभरि रातो दलेर मागेर हिँड्नेले चिन्ता गरेको देख्नुहुन्छ?
  • प्रचण्डको एक सिग्नेचरले सुकुम्बासी समस्या समाधान हुन्छ तर मागेर पाँइदैन। अधिकारका लागि विद्रोह गर्नुपर्छ। विद्रोहका लागि तपाईंहरु तयार हुनुपर्छ।
  • अदालतबाट मजदुरको पक्षमा होइन मालिकको पक्षमा फैसला हुन्छ। उनीहरुले मजुदरलाइ निकाल्नु ठिक हो भन्छन्। निराश हुनु हुँदैन।
  • मेनपावरहरु सचेत हुनुपर्छ। मान्छे बेच्नेहरु तिनीहरुलाई माओवादीको नेतृत्वमा ध्वस्त पारिन्छ। फेरि पनि दिदीबहिनीहरु राइफल र जिपिएमजी बोक्न तयार हुनुपर्छ। दलितहरु संघर्ष र बन्दुक बोक्न तयार हुनुपर्छ।
  • रेमिट्यान्सका लागि युवाहरु विदेशमा छन्। विदेशमा रगत र पसिना बेचेर आएको पैसामा जनता मोजमस्ती गर्छन्।
  • संघीयता भयो भने जनजातिको अधिकार प्राप्त हुन्न भ्रम छ। भारतका मधेसीले अधिकार पाएका छन्? भारतको जनजातीले अधिकार पाएको छ? अमेरिकाका जनजातिले अधिकार पाएको छ? यो अधिकार खोस्ने चाल हो। संघीयताको कुरा झुक्याएर फुटाएर राज गर्ने कुरा हो। संघीयता हुन्छ ठिक छ। तर यो भ्रममा पर्न हुन्न। मधेसका जमिन्दारहरुबाट जनता ठग्ने खेल। पहाडी र मधेसी लडाएर जनता ठग्ने खेल हो।
  • क्षेत्रीबाहुन भन्छन् पञ्चायतविरुद्ध लड्ने हामी। राजासँग सत्तासँग लड्ने हामी। अनि भ्रम फैलाइएको छ- शासक हो, भन्छन्। सबै उनीहरु शासक होइनन्। क्षेत्रीबाहुन शासक मात्र होइन उत्पडित जाति हो।
  • भूकम्पका लागि आएको जस्ता र पाल बेचेर खान्छन् नेताहरु। त्यस्ताहरुलाई खनिरहेको खाल्डोमा पुर्नुपर्छ।
  • मार्क्सले भन्नुभएको छ- कुनै दिन दुर्दशा आउँछ। लड्नेहरु हार्ने र बीचको बाँदरहरुले शासक गर्ने अवस्था आउँछ। लड्ने जनमुक्ति सेना पनि सिद्धियो। सेना पनि लड्यो। माओवादी पनि सिद्धियो। अनि अहिले कांग्रेसले प्रजातन्त्र सिकाउने। चालिस वर्ष देख्यौँ।
  • प्रचण्डलाई कर्णालीको चिसो पानीमा डुबाएपछि माने माने भनेर निस्केका छन्। कालीगण्डकीको पानी र अरुण ३ को पानी नेपालीले छुन नपाउने? अमेरिका र चीनले बोल्नुपर्दैन। हाम्रो देशको आयोजना घर हामीले बनाउन नपाउने?
  • एउटा माओवादी प्रधानमन्त्री छ। प्रचण्डजी के बोल्नुहुन्छ? प्रचण्डको एउटा भाषणलाई केपी ओलीको एउटै टुक्काले सुताइदिन्छ। अनि प्रचण्डको एउटा ढाँटले ओलीलाई खाइदिन्छ।
  • प्रचण्डजीले भन्नुभयो- विगतका सबै सम्झौता खारेज हुनुपर्छ। हामीले रत्नपार्कमा जलायौँ। असमान सम्झौता जलाउँदा पुलिसले हानेको लठ्ठीको डाम खुट्टामा छ।
  • मोदीको अगाडि प्रचण्डको शिर झुक्यो। गुरुको अगाडि चेला परेको जस्तो। गरुडको जस्तो सर्प परेजस्तो। २५ बुदेँमा सही ठोकेर ठिक थियो भनेर सही गरेर आए।
  • रोल्पाका अर्थमन्त्री हुनुहुन्छ। अनन्त हुनुभयो। प्रचण्ड दुई पटक प्रधानमन्त्री हुँदा पनि केही भएन। रोल्पाको कलेजमा लैनचौर लगेर बजेट हालेको छ। रोल्पाको कलेज भारतीय दूतावासले बनाउने लाज मान्नु पर्दैन।
  • नेपाली संसदीय व्यवस्थाबाट नेपाली जनताको भविष्य छैन। संसदबाट केही पनि हुनेवाला छैन। तसर्थमा संसदीय व्यवस्थाको विकल्प शान्ति दिने समृद्धि दिने भनेको वैज्ञानिक समाजवाद हो। संसदीय व्यवस्था सदाका लागि निकाल्न अझै एउटा क्रान्ति आवश्यक छ। माओवादी पार्टीले जीवन दिन्छ धोका दिदैँनौँ।
  • नेपालमा संसदीय व्यवस्था सम्पूर्ण रुपमा असफल छ। त्यो देश बेच्नतिर गयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell