काठमाडौं: बाल प्रतिभा खोजी कार्यक्रम ‘लिटिल स्टार २०१७’ हुने भएको छ। शनिबार काठमाडौंमा भएको पहिलो चरणको अडिशनबाट कार्यक्रम सुरु भएको हो।
९० बालबालीकाको सहभागिता रहेको अडिसनबाट ७० प्रतियोगी आगामी प्रतिस्पर्धाका लागि चुनिएका छन्।
कार्यक्रममा अभिनेता गौरव पहारी, अभिनेता यसराज गहतराज, मोडल दिक्पाल कार्की र कोरियोग्राफर सुनिता राजभण्डारीको निर्णयक मण्डलमा रहेका छन्।
एनोवेसन इवेन्ट म्यानेजमेन्ट र सोविज मिडिया ग्रुपको सहकार्यमा आयोजित प्रतियोगीता बालबालीकालाई प्रतिभा प्रस्फुटनका लागि मञ्च दिने हेतुले आयोजना गरेको आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्ट अध्यक्ष महेश केसीले बताए।
प्रतियोगीतामा ७ देखि १४ बर्षसम्मका बालबालीकाको सहभागीता रहेको छ। प्रारम्भिक चरणमा छानिएका प्रतियोगीलाई आगामी चैत्र १९ गतेबाट बिभिन्न प्रशिक्षणमा सहभागी गराउने बताइएको छ।
अभिनेता जीवन गिरी, गिता पुरी, रस्मिना भट्टराई र रन्धिर शाह समेतको विषेश भुमिका रहेको प्रतियोगीताको बिजेताले ट्रफी सहित नगद उपहारका साथमा चलचित्र, विज्ञापन चलचित्र लगायत बिभिन्न अवसर जिन्त सक्नेछन् ।
विभिन्न २० उप शिर्षकमा समेत बिजेता छानिने प्रतियोगीताको फाइनल बैशाख पहिलो साता हुनेछ।