काठमाडौं : नेपालमा क्लब फुटबलको विकास गर्नको लागि अखिल नेपाल फुटबल संघ एन्फाले यसै वर्ष भित्र क्लब लाइसेनिङ प्रक्रिया लागु गर्ने भएको छ।
एएफसी क्लब लाइसेनिङ प्रमुख महाजन बासुदेवन नायरको उपस्थितीमा एन्फा कम्प्लेकसमा शनिबार भएको कार्यक्रममा नेपालका ए डिभिजन क्लबहरुसँगको सल्लाहपछि उक्त प्रक्रिया सुरु गर्ने सहमती भएको हो।
उक्त कार्यक्रममा नेपालका सबै ए डिभिजनका कलका साथै बी बाट ए मा बढुवा भएका कलबका पदाधिकारीको समेत सहभागिता थियो।
२०१७ मै नेपालमा क्लब लाइसेनिङ लागु गर्ने सम्भावना र चुनौतीको बारेमा क्लबका पदाधिकारीहरुसँग छलफल भएको हो।
भौतिक पूर्वाधारको हभावका बावजुत पनि क्लबहरु क्लब लाइसेनिङ प्रक्रिया लागु गर्न एन्फा र एएफसीसँग सहकार्य तयार भएको हो।
यस अवधीमा एएफसीले एएफसी कलब लाइसेनिङ लागु गर्न क्लबहरु र एन्फालाई निर्देशन गर्नेछ।
एएफसी विकास निर्देशक योगेश देशाईको नेतृत्वमा एएफसीले यसअघि दुई दिने वर्कसप सञ्चालन गरिसकेको छ।
एएफसी क्लब लेभलको प्रतियोगिताहरुम सहभागिता जनाउन एएफसीले २०१८ सम्ममा सबै देशका क्लबहरुलाई एएफसी क्लब लाइसेनिङ प्रक्रिया पुरा गर्नैपर्ने बताएको छ।