PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

युरोपियन आकासमा नेपाली विमानको प्रतिबन्ध फुकाउने प्रयास



पहिलोपोस्ट

युरोपियन आकासमा नेपाली विमानको प्रतिबन्ध फुकाउने प्रयास

काठमाडौँ : परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले युरोपियन आकासमा नेपाली विमानलाई लागेको प्रतिबन्ध फुकुवाका लागि पहल गर्ने भएका छन्।
 
आगामी १४ तारिखदेखि बेल्जिएमको ब्रसेल्समा हुन लागेको इन्ट्रनेसलन हाइलेवल कन्फरेन्मा सहभागी हुन आजै त्यसतर्फ जान लागेका परराष्ट्रमन्त्री महतले नेपाली विमानलाई युरोपियन आकासमा लागेको प्रतबन्ध फुकुवाका लागि आवाज उठाउने बताएका हुन्।
 
'एसियाका लागि आइकाओको मापदण्ड ५९ छ,  हामी ५८ दशमलव ४ मा छौँ,'  महतले भने, 'त्यसैले अब प्रतिबन्ध कायम राखिरहनुपर्ने अवस्था छैन भनेर म त्यहाँ ध्यानाकर्षण गराउने छु।' उनले नेपालले मापदण्ड पूरा गरिसकेको अवस्थामा प्रतिबन्ध कायम राख्नु पनि आवश्यक नभएको बताए।
 
यस्तै महतले नेपालको संविधानका विषयमा युरोपियनहरुमा रहेका जिज्ञासा र विभिन्न कारणले बनेका गलत धारणा पनि मेटाउन प्रयोग गर्ने बताए। 'युरोपियन युनियनका कतिपय देशमा हाम्रो संविधान समावेशी छैन भन्ने गलत धारणा पनि रहेको छ,' महतले भने, 'त्यसैले हामी हाम्रो संविधान विश्वकै समावेशीमध्येको हो भन्ने कुरा पनि त्यहाँ राख्ने छौ।' उनले नेपालको संविधान कार्यान्वयनको प्रक्रिया अघि बढेको र कार्यान्वयन हुँदा विश्वले नै प्रशंसा गर्ने कुरा पनि त्यहाँ राख्ने बताए।
 
परराष्ट्रमन्त्री महत वेल्जियमका विदेशमन्त्री डिडिन रेयन्डर्सको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन्। उनले त्यहाँ रहँदा युरोपियन आयोगका अध्यक्ष जेन क्लाउड जङ्करसहित युरोपियन मुलुकका उच्च अधिकारीहरुसँग भेटघाटको कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell