PahiloPost

Jan 3, 2026 | १९ पुष २०८२

नेपाल प्रहरी र सशस्त्रका महानिरीक्षकले प्रधानमन्त्रीसँग गरे बिदाई भेट



पहिलोपोस्ट

नेपाल प्रहरी र सशस्त्रका महानिरीक्षकले प्रधानमन्त्रीसँग गरे बिदाई भेट

काठमाडौँ : नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रधानमन्त्रीसँग बिदाई भेट गरेका छन्। अर्यालसँगै सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले पनि प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन्। 

अर्याल र राई दुवैले महानिरीक्षकबाट आजै मध्यरातबाट अवकाश पाउँदैछन्। 

अर्यालले अवकाश पाउने निश्चित भएपनि अब प्रहरीको चेन अफ कमाण्डको नेतृत्व कसले गर्छ भन्ने टुङ्गो भने लागिसकेको छैन। 

सरकारले आइतबार जयबहादुर चन्दलाई आइजिपी बनाएपनि त्यसको दुई घण्टामै सर्वोच्च अदालतले अन्तरकालिन आदेश जारी गर्दै निर्णय कार्यान्वयनमा रोक लगाएको थियो। अर्यालले अवकाश पाएसँगै निमित्त वा कायम मुकायम को हुने भन्ने टुङ्गो लागेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell