
गोन्जालो हिगवेनले दुई गोल गरेपछि सिरी ए मा युभेन्ट्सले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको काग्लीअरीलाई २-० ले पराजित गरेको छ।
हिग्वेनले ३७ र ४८ औं मिनेटमा गोल गरे। ६७ औं मिनेटमा निकोलो बरेलाले दोहोरो पहेँलो कार्ड सामना गरेपछि काग्लीअरी १० खेलाडीमा झरेको थियो।
जितपछि युभेन्ट्सले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ। २४ खेलबाट युभेन्ट्सले ६० अंक जोडेको छ।
त्यसअघि रोमा क्रोनटोनलाई २-० ले पराजित गर्दै पुनः दोस्रो स्थानमा फर्किएको छ। एडेन जेकोले १७ औं मिनेटमा पेनाल्टी चुकाएपनि पहिला हाफमा राड्जा नाइनगोलन र दोस्रो हाफमा जेकोले नै गोल गर्दै रोमालाई जित दिलाए।
जितपछि रोमाले २२ खेलबाट ५३ अंक जोड्दै नेपोलीलाई पछि पारेको हो।
सिरी ए कै अन्य खेलमा एटलान्टा, इन्टर मिलान र फियोरेन्टिनाले पनि जित हात पारेका छन्।