PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

​आइजिपी प्रकरण : सिलवालको मुद्दा आज पनि प्रधानन्यायाधीश कार्कीकै इजलासमा



पहिलोपोस्ट

​आइजिपी प्रकरण : सिलवालको मुद्दा आज पनि प्रधानन्यायाधीश कार्कीकै इजलासमा

काठमाडौं : मन्त्रिपरिषद्को निर्णय अनुसार डिआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय रोक्न माग गर्दै डिआइजी नवराज सिलवालले दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ। प्रधानन्यायाधीश कार्कीको एकल इजलासमा सिलवालको एकमात्र निवेदन छ।

एकै प्रकृतिको विषय जोडिएको  रिटमा आइतवार कार्कीले सुनुवाई गरेका कारण निवेदनको पेश आज पनि कार्कीकै इजलासमा तोकिएको हो।
सिलवालको रिटमा प्रधानन्यायाधीश सुशीला कार्की स्वयमले सुनुवाई गर्दैछिन्। यसअघि आइतबार चन्दलाई आइजिपी सिफारिस रोक्न माग गर्दै अधिवक्ता कपिलदेव ढकालले दायर गरेको रिटमा पनि प्रधानन्यायाधीशले नै सुनुवाई गरेकी थिइन। 



ढकालले दायर गरेको रिटमा सुनुावई गदै प्रधानन्यायाधीश कार्कीले फागुन ८ गतेसम्म निर्णय कार्यान्वयन रोक्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेकी थिइन्। कार्कीको एकल इजलासले प्रहरी महानिरीक्षकमा प्रत्यासी चारै डिआइजीको कार्यसम्पादन मूल्याङ्कल फाइल अदालतमा तीन दिनभित्र पेश गर्न पनि सरकारलाई आदेश गरेको थियो। 

सिलवालको माग दावी अनुसार अघिल्लो रिटमा नै आदेश जारी भइसकेकाले उनको रिट लगाउ हुने सम्भावना छ। आइतबार सुनुावई सम्पन्न भएको रिटसँगै राखेर हेर्ने आदेश नै एकल इजलासबाट हुने सम्भावना छ। 

आइतबार बिहानको मन्त्रिपरिषदले नेपाल प्रहरीको महानिरीक्षकमा डिआइजी चन्दलाई बढुवा गरी आइजिपीमा नियुक्ति गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णयसँगै सिलवाल आफु बरिष्ठ हुँदाहुँदै कनिष्ठलाई चन्दलाई नियुक्त दिएको भन्दै अदालत पुगेका थिए। 

मन्त्रिपरिषद्को निर्णय दुई घन्टापछि नै कार्यान्वयन गर्नबाट अदालतले रोक लगाएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell