PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

बूढानिलकण्ठमा २५ वर्षकी युवतीको शव भेटियो



पहिलोपोस्ट

काठमाडौँ : बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ४ ठूलो गाउँमा एक युवती मृत अवस्थामा भेटिएकी छिन्।

अन्दाजी २५ वर्षकी ती युवतीको सनाखत हुन सकेको छैन। स्थानीयले खबर गरेपछि महानगरीय प्रहरी प्रभाव  बूढानिलकण्ठको टोली आइतबार घटनास्थल पुगेको थियो।

मृत शरीर र घटनास्थलको चेकजाच गर्दा कुनै परिचय खुल्ने कागजपत्र फेला नगरेको प्रभागका प्रहरी निरीक्षक रमेश बहादुर पालले बताए। पालले भने, 'अनुसन्धान भइरहेको छ, अनुहार नचिनिने भएकाले पनि सनाखत गर्न समस्या भएको हो। मृत युवतीको 'कम्मरदेखि तलको भाग अर्धनग्न अवस्थामा छ। उनले लगाएको स्वेटर, सुरुवाल रुखमा झुन्ड्याइएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell