विश्व प्रसिद्ध लेखक पाउलो कोएलोले बलिउड अभिनेता शाहरुख खान ओस्कार अवार्डको लागि सक्षम अभिनेता भएको बताएका छन्। हालै पाउलो कोएलोले ट्विट गरेर शाहरुखलाई 'माय नेम इज खान' फिल्मको सातौँ वार्षिकोत्सवमा बधाई दिएका थिए।
पाउलोले हेरेको यो शाहरुख खानको पहिलो फिल्म हो। उनले भने, 'यो फिल्ममा शाहरुखको अत्यन्तै उत्कृष्ट भूमिका रहेको छ। यदि हलिउडमा भेदभाव भन्ने कुरा थिएन भने शाहरूख खानको फिल्मले ओस्कार पाउनु पर्दथ्यो।
पाउलोले यो कुरा ट्विटरमा पोष्ट गरेपछि शाहरुख खानले ट्विट गरेरै उनलाई धन्यवाद दिएका छन्। साथै उनले पाओलोलाई चाँडै भेट्ने कोसिस रहेको पनि उल्लेख गरेका छन्।
सन् २००८ मा करण जौहरको निर्देशनमा 'माय नेम इज खान' फिल्मको निर्माण भएको थियो। यो फिल्ममा शाहरुखसित मुख्य भूमिकामा काजोल पनि थिइन्।