PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

आइजिपी प्रकरण : सिलवालको रिटमाथि अर्को आदेश, ढकालको रिटसँगै सुनुवाइ हुने



पहिलोपोस्ट

आइजिपी प्रकरण : सिलवालको रिटमाथि अर्को आदेश, ढकालको रिटसँगै सुनुवाइ हुने

काठमाडौं : डिआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय रोक्न माग गर्दै डिआइजी नवराज सिलवालले दायर गरेको रिट 'रिट लगाउ' भएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले आज रिट लगाउ आदेश दिएको हो।
 
सिलवालको माग दाबी अनुसार अघिल्लो रिटमा नै आदेश जारी भइसकेकाले उनको रिट लगाउ भएको हो। अब उनको रिटमाथिको सुनुवाइ आगामी ८ गते हुने भएको छ।
 
मन्त्रिपरिषदको हिजोको बैठकले आइजिपीमा चन्दलाई नियुक्त गर्ने निर्णय गरेपछि डिआइजी चन्दले निर्णय खारेजीको मागसहित सर्वोच्चमा रिट हालेका थिए।
 
यसअघि चन्दलाई आइजिपी सिफारिस रोक्न माग गर्दै अधिवक्ता कपिलदेव ढकालले आइतबार दायर गरेको रिटमा पनि प्रधानन्यायाधीश कार्कीले नै सुनुवाइ गरेकी थिइन्। अब ८ गते सो रिटसँगै राखेर सुनुवाइ गर्नका लागि कार्कीको आदेश आएक हो।
 
कार्कीको एकल इजलासले प्रहरी महानिरीक्षकमा प्रत्यासी चारै डिआइजीको कार्यसम्पादन मूल्याङ्कल फाइल अदालतमा तीन दिनभित्र पेश गर्न पनि सरकारलाई आदेश गरेको थियो।
 
आइतबार बिहानको मन्त्रिपरिषदले नेपाल प्रहरीको महानिरीक्षकमा डिआइजी चन्दलाई बढुवा गरी आइजिपीमा नियुक्ति गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णयसँगै सिलवाल आफू वरिष्ठ हुँदाहुँदै कनिष्ठलाई चन्दलाई नियुक्त दिएको भन्दै अदालत पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell