PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

शीतलनिवासमा सात दलका नेतालाई किन बोलाइन् राष्ट्रपतिले?



पहिलोपोस्ट

शीतलनिवासमा सात दलका नेतालाई किन बोलाइन् राष्ट्रपतिले?

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‍मा प्रतिनिधित्व गर्ने प्रमुख दलसहित सात दलका नेतालाई छलफलका लागि डाकेकी छिन्।
 
संविधानको कार्यान्वयन र निर्वाचनका लागि दलहरुबीच सहमति नभइरहेको अवस्थामा उनले राष्ट्रपति भवन शीतलनिवासमै नेताहरुलाई बोलाएकी हुन्।
 
'समसामयिक विषयको छलफलका लागि राष्ट्रपतिज्युले सात दललाई  बोलाउनुभएको हो,' राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले भने, 'दिउँसो ४ बजे उहाँहरुलाई आफ्नो दलको टिमसहित आमन्त्रण गरिएको छ।'
 
बैठकमा संविधान कार्यान्वयनका जटिलता, निर्वाचन समयमै गराउन सरकार र दलहरुले गरिरहेको तयारीका विषयमा कुराकानी हुने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell