
काठमाडौं: फिल्म 'यो साइनो मायाको' सार्वजनिक हुनु अघि निर्माण युनिटले फिल्मको सिक्वेल घोषणा गरेको छ। सोमबार फिल्मको ट्रेलर रिलिज कार्यक्रममा फिल्मको सिक्वेल निर्माण वैशाखबाट सुरु गर्ने बताइएको हो।
कार्यक्रममा फिल्मको पहिलो ट्रेलर सार्वजनिक गरियो। लभ स्टोरी फिल्मलाई अरुण कुमार प्रधानले निर्देशन गरेका हुन्।
फिल्म निर्माता रामकुमार श्रेष्ठले भने,'माया गर्नेहरुको लागि बनेको फिल्म हो। दर्शकको माया पाउनेमा ढुक्क छौं। अब सिक्वेलको तयारीमा जुट्छौं।'
उनले फिल्ममा नयाँ तथ पुरानो कलाकार रहने समेत जानकारी दिए।
चैत्र ४ बाट प्रदर्शनमा आउन लागेको फिल्ममा जतिन ताम्राकार, रेश्मा घिमिरे, किशोर भण्डारी, राजु कमेडी, नवनितराज प्रधान, सुनिता श्रेष्ठ लगायत मुख्य अभिनयमा छन्।
बाबुराम नेपालीले खिचेको फिल्ममा कुन्दन थापा र विकेश के शंकरको संगीत छ।