PahiloPost

Jun 24, 2026 | १० असार २०८३

आख्यानकार ध्रुवचन्द्र गौतमलाई 'धनमाया कथा सम्मान'



पहिलोपोस्ट

आख्यानकार ध्रुवचन्द्र गौतमलाई 'धनमाया कथा सम्मान'

काठमाडौँ : लघुकथा समाजद्वारा स्थापित ‘धनमान कथा सम्मान’बाट पहिलो पटक वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई सम्मान गरिने भएको छ।
 
सम्मानको राशि १० हजार १०१ रुपैयाँ रहेको छ। कथाकार धनमान श्रेष्ठले लघुकथा समाजलाई अक्षयकोषको रकम उपलब्ध गराएर सो सम्मान स्थापना गरिएको हो।

लघुकथा समाजद्वारा कथा र लघुकथाका क्षेत्रका अग्रणी स्रष्टालाई प्रदान गर्ने गरी विभिन्न पाँच सम्मान तथा पुरस्कार स्थापना गरेर प्रदान गर्दै आएको छ। सम्मानित हुने डा. गौतम नेपाली आख्यानका सिद्धहस्त लेखक मानिन्छन्। उनका अलिखित, कट्टेल सरको चोटपटक, भस्मासुरको नलीहाड जस्ता कृति चर्चित छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell