PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

जोए रुट इंगल्याण्डको नयाँ टेष्ट कप्तानमा नियुक्त



पहिलोपोस्ट

जोए रुट इंगल्याण्डको नयाँ टेष्ट कप्तानमा नियुक्त

जोए रुट इंगल्याण्डको नयाँ टेष्ट क्रिकेट टीमको कप्तान नियुक्त भएका छन्। गत साता कप्तान एलेस्टर कुकले टेष्ट टीमको कप्तानीबाट राजिनामा दिएपछि इंगल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले सोमबार रुटलाई कप्तान चयन गरेको हो।

यसअघि नै रुटलाई कप्तान बनाउनेबा बोर्डले छलफल गरिरहेको थियो।

२५ वषे रुटले २०१५ देखि कुकलाई उपकप्तान बनेर साथ दिएका थिए। अब रुटलाई बेन स्टोक्सले साथ दिनेछन्।

'रुट हाम्रो टेष्ट टीमको अर्को कप्तान बन्नका लागि सही व्यक्ति हुन र म एकदमै उत्साही भएको छु किनकी उनले यसको लागी स्वीकार गरे।' इंगल्याण्ड क्रिकेटको निर्देशक एन्ड्रु स्ट्रसले भने।

इंगल्याण्डको ८० औं टेष्ट कप्तानमा नियुक्र भएपछि रुटले आफ्नो लागि यो सम्मान भएको बताएका छन्।

'इंगल्याण्डको टेष्ट कप्तानी पाउनु एकदमै ठूलो सम्मान हो।' सन् २०१२ डिसेम्वरमा इंगल्याण्ड टेष्ट टीममा डेब्यु गरेका रुटले भने। 'मैले आफुलाई विशेष, उत्साहित पाइरहेको छु।'
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell