PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

गोतामे पत्रकारिता पुरस्कार पाल्पाका मेघराज शर्मालाई



पहिलोपोस्ट

गोतामे पत्रकारिता पुरस्कार पाल्पाका मेघराज शर्मालाई

वीरगन्ज : छैटौं गोतामे पत्रकारिता पुरस्कार पाल्पाका अग्रज पत्रकार मेघराज शर्मालाई प्रदान गरिएको छ।
 
सांसद् अनिल रुँगटाले एक समारोहबीच नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा शर्मालाई सो पुरस्कार प्रदान गरे। आधा तोला सुनको मेडल र प्रमाणपत्र प्रदान गर्दै सांसद् रुँगटाले माला पहिर्‍याएका थिए।
 
सम्मानपछि बोल्दै प्रतिष्ठानलाई जीवन्त राख्न गोतामे पत्रकारिता पुरस्कारको अक्षयकोषमा आफनो तर्फबाट सक्दो सहयोग गर्ने रुँगटाले प्रतिबद्धता जनाएका छन्।
 
वीरगन्जबाट पत्रकारिता गरेर देशभरिमा आफ्नो नाम फिँजाउन सफल गोपालचन्द्र गौतमको सम्झनामा स्थापित पुरस्कारलाई निरन्तरता दिंदै आएकोमा उनले प्रतिष्ठानको प्रशंसा समेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell