PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

खेलाडी सम्मानमा सरकारको असमान व्यवहार, खेलाडी र प्रशिक्षकलाई किन भेदभाव?



पहिलोपोस्ट

खेलाडी सम्मानमा सरकारको असमान व्यवहार, खेलाडी र प्रशिक्षकलाई किन भेदभाव?

काठमाडौं : गत नोभेम्वरमा एएफसी सोलिडाटिरी कपको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई सरकारले सोमबार नगदसहित सम्मान गरेको छ।
 
च्याम्पियन बनेको टोलीलाई करिब ३ महिनापछि नगद प्रदान गरिएको हो। सरकारले यसअघि पनि खादा र माला लगाएर सम्मान गरेको थियो। यस्तै नगद प्रदान गर्ने क्रममा पनि सरकारले खेलाडी र प्रशिक्षकलाई भेदभाव गरेको देखियो।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २३ खेलाडी र मुख्य प्रशिक्षक ग्यातुको कोजीलाई समान ३/३ लाखको चेक हस्तान्तरण गरे। सहायक प्रशिक्षक राजु काजी शाक्यलाई २ लाख तथा गोलकिपिङ प्रशिक्षक उज्जवल मानन्धर र फिजियो सुरज भुसाललाई भने ५०/५० हजार मात्र प्रदान गरे।
 
यसबाहेक नेपालको टोलीको व्यवस्थापन जिम्मेवारी सम्हालेका विराटजंग शाही र मिडिया अफिसर सुवास हुमागाईँलाई नगद पनि प्रदान गरिएन। प्रसंशा पत्र पनि प्रदान गरिएन।
 
खेलाडीले खेल्दा जति मेहनत गरेको हुन्छ त्यति नै मेहनत प्रशिक्षक, फिजियो व्यवस्थापकलगायत सबैले गरेका हुन्छन्। तर कसैलाई बढी, कसैलाई कम र कसैलाई भने नदिने यो कस्तो नियम हो?
 
यस विषयमा युवा तथा खेलकूद मन्त्रालयका सहसचिव चुडामणि पौडेलसँग बुझ्दा उनले बाँकी दुई जनालाई नगद प्रदान गर्न मन्त्रीपरिषद्को कार्यविधिमै नपरेको जानकारी दिए।
 
यस्तै खेलाडी र प्रशिक्षकलाई पनि धेरै र थोरै रकम प्रदान गर्ने पनि सायद कार्यविधिमै थियो कि?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell