PahiloPost

Jun 24, 2026 | १० असार २०८३

आइटिएफ टेनिस सर्किट-२ सुरु : राणा दिदीबहिनी र समरक्षक दोस्रो चरणमा



पहिलोपोस्ट

काठमाडौं : नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस च्याम्पियनसिप अन्तर्गत सर्किट–२ सोमबार सुरु भएको छ।

पहिलो दिन महिला एकलमा नेपालकी मायांका राणा, माहिका राणा र प्रेरणा कोइरालाले जित हात पार्दै दोस्रो चरणमा प्रवेश गरेका छन्। पुरुष एकलमा नेपालका संरक्षक बज्राचार्य दोस्रो चरणमा पगे।

माहिकाले भारतकी मिसा सुदलाई सोझो सेटमा ६–३, ६–४, मायांकाले भारतकी अनिका कनानलाई ६–३, ६–१ र प्रेरणाले भारतकी जाई जीवनलाई ६–१, ६–२ ले हराइन्।

पुरुष एकलमा संरक्षकले भारतका प्रत्युष मोहन्तीलाई ७–५, ६–२ ले हराए।

नेपालकी विभुति कार्की भने शीर्ष वरीयताप्राप्त खेलाडी वैदेही चौधरीसँग ६–०, ६–१ को सोझो सेटमा हारिन्। यसैगरी, विजिशा श्रेष्ठ पनि भारतकी माल्भिका सुक्लासँग ६–२, ६–३ ले पराजित भइन्।

अन्य खेलमा भारतका जैसभिन सिदानाले नेपालका प्रणव खनाललाई ४–६, ६–३, ६–१, शीर्ष वरीयताप्राप्त मृत्युञ्जय बडोलाले नेपाकला साम्राज्ञ कटुवाललाई ६–०, ६–०, दोस्रो वरीयताप्राप्त भारतका कबीर मनराईले नेपालका सौरभराज पाण्डेलाई ६–०, ६–० र अथर्व शर्माले नेपालका अभिनव आचार्यलाई ६–१, ६–० ले पराजित गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell