
काठमाडौं : अवकास पाएर घर जाँदाजाँदै प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी नेतृत्वचयनमा बढिरहेको विवादप्रति अशन्तुष्टि जनाउँदै ब्यक्तिगत हितकालागि संगठनलाई अनिर्णयको बन्दी बनाउँदा संगठनलाई हित नहुने बताएका छन्।
३ वर्ष २ महिना नेपाल प्रहरीको प्रमुख भएका उनले ३० वर्षिय सेवा अवधिका कारण सोमबारबाट अवकास पाएका हुन्। सोमबार बेलुका १२ वजेबाट उनको अवकास समय शुरु हुन्छ। उनीसँगै प्रहरीका ११ जना एआइजीले समेत सोमबारबाटै अवकास पाएका छन्।
'प्रहरी संगठन भनेको ऐना हो। आकृती नै धमिलो भए संगठन धेरै पछाडि छोडिन्छ। संगठनको उदेश्य भनेको जनताको विश्वास जोगाउनुपर्छ' प्रहरी प्रधान कार्यालयमा आयोजित विदाई कार्यक्रममा भावुकहुँदै उनले भने'आफै अनिश्चित भएको अवस्थामा अरुको घाउमा मल्हम कसरी लगाउनसक्ला।'
सकेसम्म सपारे तर बिगारिन

अर्याल दोस्रो संविधान सभा निर्वाचनको मुखैमा आइजी नियुक्त भएका थिए। प्रहरीमा ३० वर्षिय सेवा अवधि लागु भएपछि लमो समय आइजी हुने उनी पहिलो प्रमुख हुन्।
विदाई कार्यक्रममा उनले आफ्नो कार्यकालको समिक्षा गर्दै आफ्नो कार्यकालमा सके सपार्ने, सपार्न नसके पनि थप नबिगार्ने गरी काम गरेको बताए। उनले आफ्नो कार्यकालमा संगठनमा आकाश-पाताल परिवर्तन नगरे पनि केही सकारात्मक काम भने गरेको बताए।

सार्क शिखर सम्मेलन, दोस्रो संविधान सभा निर्वाचनमा सुरक्षामा अब्बल काम गरेको र भुकम्पमा खोजी, राहत र उद्धारमा प्रहरीले उत्कृष्ट काम गरेको उनको दावी थियो।