PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

निर्वाचनबारे राष्ट्रपति भवनमा ओलीको प्रश्न र प्रचण्डको जवाफ



पहिलोपोस्ट

निर्वाचनबारे राष्ट्रपति भवनमा ओलीको प्रश्न र प्रचण्डको जवाफ

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख सात दलका नेताहरुलाई सोमबार सात पाठ पढाइन्। जब  राष्ट्रपतिले धन्यवाद भन्दै लिखित पाठ सुनाएर सिध्याइन्। नेताहरु बाहिरिने क्रममा थिए। त्यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोके। बैठकमा सहभागि भएका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार ओलीले प्रधानमन्त्रीलाइ सोधे - चुनाव त गराउनुपर्‍यो त प्रधानमन्त्रीज्यू कहिले घोषणा गर्नुहुन्छ?

प्रचण्डले जवाफ फर्काए - चुनाव गराउने हो चाँडो भन्दा चाँडो घोषणा गरिन्छ।
 
प्रचण्डको जवाफ पछि भने नेम्वाङ बोले। उनले भने - चुनाव गराउन क्रियाशिलता लिने भनेको प्रधानमन्त्रीज्यू आफैँले हो। तपाँइले दलहरुको बैठक बोलाउनुहोस्। सबैले सहमति गरौँ। र मिति तय गरौँ।
 
प्रचण्डले जवाफ दिए - चुनाव गराउने हो। चुनाव गराउने कुरामा शंका नगरौँ। सबै चुनाव गराउने मानसिकता बनाएर बसौँ। राजनीतिक समझदारीका लागि सबैले पहल गरौँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell