काठमाडाै : २०४३ सालमा प्रहरी निरिक्षकको रुपमा प्रहरी संगठनमा सेवा शुरु गरेका उपेन्द्रकान्त अर्यालले सोमबार प्रहरी महानिरिक्षकको रुपमा अवकास पाए। २०७० मंसिर १ मा प्रहरी महानिरिक्षकको जिम्मेवारी सम्हालेका थिए।
महानिरिक्षकको पदावधी अझै १० महिना बाँकी भए पनि सोमबार उनी प्रहरी बनेको ३० वर्ष टेकेकाले उनले अनिवार्य अवकास पाए।
प्रहरी प्रधान कार्यालयमा उनको विदाइका लागी विशेष कार्यक्रम आयोजना गरिएको थियो। विदाई कार्यक्रममा उनीसँगै अवकास पाएका अन्य ११ एआइजी पनि सहभागी थिए। विदाई समारोहमा सहभागी हुन आएका अर्याललाई महानिरिक्षकको सचिवालयका एसएसपी सर्वेन्द्र खनालले कार्यक्रमस्थलमा ल्याएका थिए।
प्रधान कार्यालयको पश्चिमतर्फको चौरमा उनलाई सलामी दिने तयारी गरिएको थियो। उनी सिधा सलामीस्थलमा गएर सम्मान ग्रहण गरे। मञ्चमा आएपछि विदाइको औपचारिक कार्यक्रम शुरु भयो । उनले करिव १० मिनेट भावुक विदाई भाषण गर्दा जाँदाजाँदै आइजीको कार्यभार औपचारिक रुपमा हस्तान्तरण गर्न नपाउँदाको निरासा पोखिएको थियो।
विदाई भाषणमा आफ्नो ३० वर्षिय कार्यकालमा साथ दिने प्रहरी जवानदेखि अधिकृतसम्म सबैलाई धन्यवाद दिए उनले। सम्बोधन सकाएपछि कार्यालय परिसर छाडेर हात्तिगौडामा रहेको घर जाने कार्यक्रम शुरु भयो। उनी मञ्चबाट ओर्लिएर चौरमा रहेका सबैसँग हात मिलाउँदै नजिकै रहेको महादेवको मन्दिरमा गएर दर्शन गरे र हात हल्लाउँदै विदा भए।
अवकासका दिन शुरू हुँदा कस्ताे अनुभव हुँदाे रैछ ?
पहिलाेपाेस्टकाे जिज्ञासामा भावुकहुँदै उनले छाेटाे प्रतिकृया दिए' ३० वर्ष सेवा गरेर सर्वाेच्च पदमा पुगेर सफलताकासाथ कार्यभार पुरा गरेर सम्मानपूर्ण विदाइलिन पाउँदा खुसी छु।'
अर्यालकाे विदाइका केही दृष्य