
लाहोर (पाकिस्तान) : पाकिस्तानको पूर्वी शहर लाहोरमा भइरहेको प्रदर्शनका क्रममा बिस्फोट हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ। आत्मघाती हमलामा ४० जना घाइते भएका छन्।
औषधि बिक्री सम्वन्धी नयाँ कानुनको बिरोधमा भएको प्रदर्शनका क्रममा बिस्फोट गराइएको हो। प्रदर्शन प्रादेशिक संसद् भवन अगाडि भएको थियो।
बिस्फोटको जिम्मेवारी तालिबानले लिएको छ। बिस्फोटमा परी बरिष्ठ प्रहरी अधिकारीको समेत मृत्यु भएको छ। लाहोरका ट्राफिक डिआईजी, तथा एसएसपीसहित कम्तीमा पाँच प्रहरी अधिकारीको घटनामा परी मृत्यु भएको बताइएको छ।
समाचार संस्था एपीले प्रत्यक्षदर्शी स्थानीयको भनाई उल्लेख गर्दै मोटरसाइकलमा सवार रहेका एकले आत्मघाती बिस्फोट गराएका थिए।
प्रधानमन्त्री नवाव सरिफले घटनाको निन्दा गर्दै जासुस संयन्त्रलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।