PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

मोरङ-११ उदयपुर गोल्डकपको फाइनलमा



पहिलोपोस्ट

गाईघाट (उदयपुर) : मोरङ-११ फुटबल क्लब चौथो उदयपुर रमपम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

उदयपुरको सदरमुकाम गाईघाटस्थित थारुहट रङ्गशालामा भएको पहिलो सेमिफाइनलमा मोरङ ११ क्लबले सिएमसी सङ्कटा क्लब काठमाडौंलाई २-१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

तीनै गोल दोस्रो हाफमा भएको खेलमा मोरङका लागि भुवन बस्नेत र मिक्चन तामाङले गोल गरे। सङ्कटाका तर्फबाट साजन थापाले १ गोल फर्काए।
खेलको 'म्यान अफ द म्याच' मोरङका भुवन बस्नेत घोषित भए। उनले  नगद ५ हजार प्राप्त गरे।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा मंगलबार हिमालयन शेर्पा क्लब काठमाडौं र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल फागुन ५ गते विहिबार हुनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell