PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

प्रिमियर लिग : म्यानचेष्टर सिटी दोस्रो स्थानमा



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर सिटी दोस्रो स्थानमा

म्यानचेष्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ। सोमबार भएको एक मात्र खेलमा सिटीले एएफसी बर्नमाउथलाई २-० ले पराजित गर्‌यो।

सिटीको जितमा रहिम स्टर्लिङले एक गोल गरे भने बर्नमाउथका टाइरोन मिङ्सले एक आत्मघाती गोल उपहार दिए। बर्नमाउथ विरुद्ध पनि सर्जियो अगुएरो पहिलव रोजाइँमा थिएनन् तर १५ औं मिनेटमा गाब्रिएल जेसस घाइते भएपछि प्रशिक्षक पेप गोर्डिओलाले जेससको स्थानमा अगुएरोलाई मैदान प्रवेश गराएका थिए।

जितपछि २५ खेलबाट ५२ अंक जोडेको सिटी टोटनहम, आर्सनल र लिभरपुललाई पछि पार्दै दोस्रो स्थानमा उक्लेको हो। सिटी अझै शीर्ष स्थानको चेल्सी भन्दा ८ अंकले पछी छ। समान खेलबाट चेल्सीको ६० अंक छ।

यस्तै समान ५० अंक रहेको टोटनहम र आर्सनल क्रमशः तेस्रो र चौथोमा छ भने ४९ अंकका साथ लिभरपुल पाँचौं स्थानमा छ। म्यानचेष्टर युनाइटेड ४८ अंकका साथ छैटौं स्थानमा छ।
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell