PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

इटालियन जायन्ट फुटबल क्लब एसी मिलानको जुनियर क्याम्प नेपालमा, के के छ सुविधा?



पहिलोपोस्ट

इटालियन जायन्ट फुटबल क्लब एसी मिलानको जुनियर क्याम्प नेपालमा, के के छ सुविधा?

काठमाडौं : इटालियन जायन्ट फुटबल क्लब एसी मिलानको जुनियर फुटबल क्याम्प आगामी अप्रिल १० मा नेपालमा हुने भएको छ।

एटलान्टिक स्पोर्ट्स म्यानेजमेन्टको सहकार्यमा भक्तपुरस्थित मध्यपुर एसोसिएसनको ग्राउण्डमा उक्त क्याम्प हुन लागेको हो।

नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी हरी खड्काले एटलान्टिक स्पोर्ट्सको तर्फबाट उक्त क्यामको संयोजन गर्नेछन्। खड्का एएफसी ए कोचिङ लाइसेन्स होल्डर समेत हुन्।

क्याम्पमा करिब २ सयले सहभागिता जनाउने अनुमान गरिएको छ भने एक सयलाई एकहप्ते क्याम्पमा राखिने उल्लेख छ।

त्यसका लागि ३० हजार इन्ट्री फि बुझाउनुपर्नेछ। जसमा एसी मिलानको किट्स, एसी मिलान सर्टिफिकेट, काठमाडौं बाहिरबाट आउनेका लागि खाने बस्ने सुविधा सबै रहनेछ।

जुनियर खेलाडीलाई एसी मिलानको कोचलगायत क्लबका स्काउट टीमले प्रशिक्षण दिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell