
काठमाडौं: गायक यम बरालको एकल एल्बम 'मन भमरा' सार्वजनिक भएको छ। सोमबार काठमाडौं अन्नपुर्ण होटलमा आयोजित बिमोचन कार्यक्रममा उपराष्ट्रपती नन्दबहादुर पुन, लिना रेग्मी, प्रेमध्वज प्रधान, राजेन्द्र थापा र किरण खरेलले एल्बम लोकार्पण गरे।
प्रमुख अतिथी रहेका उपराष्ट्रपती नन्द बहादुर यम बरालको नयाँ एल्बमका लागि बराललाई शुभकामना एवं बधाई व्यक्त गरे। भने,'कलाकार विदेशिएको खबरले दु:ख दिएपनि फर्किएर कलाकारिता क्षेत्रमा योगदान बनाउन लागि पर्नेको सधैं साथ छु। म यस्ता कलाकारहरुको उच्च सम्माम गर्छ।'
उनले संगीत, कला, संस्कृतीमा समृद्द मुलुक मात्र सम्पन्न बन्न सक्ने समेत बताए। नेपाली समाजको सांगीतिक, सांस्कृतिक बिकासमा नेपाली कला र सिर्जनाले योगदान पुर्याएकोमा आफू खुसी भएको उनको तर्क छ।
भने,'समय अनुसारको समाज गीत, संगीतमा देखिनु पर्छ। साथमा मौलिकता मर्न दिनु हुँदैन।' यम बरालको गीतमा मौलिकता र आजको समाज दुबै झल्किएको छ भन्ने विश्वास उनले व्यक्त गरे। यम बराल, रामकृष्ण ढकाल र राजोशपायल राईलाई नेपाली संगीत क्षेत्रका तीन उदाउँदा नक्षेत्रको संज्ञा दिए।
एल्बम बिमोचनको अवसरमा बरालले ईटहरीस्थित संगीतशाला प्रतिष्ठानलाई आर्थीक सहयोग गरेका छन्। आमा गंगामाया बरालको नाममा 'लोक कृती गंगा ट्रष्ट'का मार्फत नगत रुपैंया पच्चिस हजार हस्तान्तरण गरेका हुन्। २८ वर्ष लामो सांगीतिक यात्रामा यम बरालले हजार बढी आधुनिक गीत र सयभन्दा बढी फिल्मी गीतमा स्वर दिसकेका छन्। लामो समयको अमेरिका बसाईमा रहेका यम बरालले जहाँ रहेपनि नेपाली गीत संगीतप्रतीको झुकाव सधैं रहेको बताए।
भने,'अमेरिका भासियो भन्ने हल्ला समेत चल्यो। अनावश्यक हल्ला। तर अस्थायी बसाई हो। उतै रहेर पनि संगीतको लागि सक्दो गरेको छु।'
कार्यक्रममा गीतकार राजेन्द्र थापाले भने,'यमको लिजेन्ड्रीले उसलाई जीवित राख्छ। उ कति वर्ष हरायो भन्दा पनि कति वर्षसम्म गुनगुने गीत गायो भन्ने कुरा महत्वपुर्ण हुन्छ।'
बिन्दबासिनी म्युजिकको व्यवस्थापनमा 'मन भमरा' बजारमा आएको हो। एल्बममा समावेश 'मरी लान्या के छ', 'भुईंको माया', 'सप्तरङ्गी इन्द्रेणी' र 'सागर बिचको मोती' चार गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ। एल्बममा दश गीत समावेश छन्। गीतहरुमा गायिका कोमल वली, सपना श्री, नायिका रेखा थापा लगायतले स्वरमा बराललाई साथ दिएका छन्।