PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

रुसी राजदुतको हत्यादेखि इरानको रोमान्टिक डान्ससम्म : २०१७ को वर्ल्ड प्रेस फोटो अवार्ड जितेका १२ फोटो



पहिलोपोस्ट

रुसी राजदुतको हत्यादेखि इरानको रोमान्टिक डान्ससम्म : २०१७ को वर्ल्ड प्रेस फोटो अवार्ड जितेका १२ फोटो

सन् २०१७ को वर्ल्ड प्रेस फोटो अवार्ड घोषणा गरिएको छ। अवार्डका लागि ८०००० भन्दा बढी फोटोबाट केही विशेष फोटो छनोट गरिएको हो। पुरस्कृत भएका यी फोटो सबैलाई अचम्मित तुल्याउने खालका छन्। यी फोटोका पछाडि केही न केही रहस्य र सत्यता लुकेको छ।

फोटो अवार्डका निर्णायक मण्डलका अध्यक्ष स्टुअर्ट फ्रैंकलीनले यी फोटोका सन्दर्भमा भनेका छन्, 'यी कुनै विशेष घटनालाई प्रतिबिम्बित गर्ने फोटो हुन्, यस्ता फोटो प्यामेरामा कैद गर्न निकै ठूलो साहस चाहिन्छ।'

वर्ल्ड प्रेस फोटो अवार्ड सन् १९५५ देखि प्रदान गरिँदै आएको छ। यस वर्ष आठ श्रेणीमा २५ देशका ४५ फोटोग्राफर सम्मानित भएका छन्।

वर्ल्ड प्रेस फोटो अवार्ड जित्न सफल केही फोटो यी हुन्- 
 

यस फोटोमा देखिने व्यक्ति रूसी राजदूतका हत्यारा हुन्। भुइँमा राजदूतको शव लडिरहेको देखिन्छ। यो फोटोले वर्ल्ड प्रेस फोटो अवार्डमा प्रथम पुरस्कार प्राप्त गरेको छ। यसलाई समाचार एजेन्सी एपीका प्रेस फोटोग्राफर बुरहान ओजबिलिसीले १९ डिसेम्बर २०१६ मा क्यामेरामा कैद गरेका थिए।


यो फोटो फिलिपिन्सको राजधानी मनिलाको हो। यहाँ पुलिस स्टेसनमा रहेका केही कैदीहरु मादक पदार्थ सेवनकर्तालाई हेरिरहेका छन्।


यो फोटो इराकको मोसुलको हो। यहाँ इराकी स्पेसल अपरेसन फोर्सको कमाण्डो इस्लामिक स्टेटका सदस्यलाई समातिरहेका छन्।


यो फोटो पनि मोसुलकै हो। यहाँ कय्यारा तेलक्षेत्रमा आगो लागेपछि मान्छेहरुलाई अन्यत्र विस्थापित गर्नु परेको थियो।


युक्रेनको लुहास्कायामा एउटा घरमा हवाई आक्रमण भएपछि भाग्दै स्थानीय।


यो फोटोले इरानी समाजको एउटा फरक पाटोलाई झल्काउँछ।


अमेरिकाको नर्थ डकोटामा पुलिसले पेपर स्प्रेको प्रयोग गरेपछि दूधले आफ्नो अनुहार धोएर कालो मरिचको असर कम गर्ने प्रयास गर्दै एक प्रदर्शनकारी।


जगह रियो मौका ओलम्पिकको दौडमा धावक उसैन बोल्ट मुस्कुरराउँदै। 


स्पेनको कैनरी द्विपमा माछा पक्रिने जालमा फसेको कछुवा।


यी दुवै गैंडाका शिकारी हुन्। मोजाम्बिकका प्रहरीले यिनलाई पक्रिएका छन्।


येये नामक यो पाण्डाको उमेर १६ वर्षको छ। यो चीनको वोलोग नेचर रिजर्वमा बस्दछ।


ट्रकमा बसेका यी स्कुले बालबालिका क्युबाका हुन्। यिनी फिडेल क्यास्ट्रोको मृत्यु भएपछि लास टुनास प्रान्तबाट आफ्नो घर फर्किरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell