PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

बिना​निर्देशक फिल्म ‘रंगीन’को घोषणा



पहिलोपोस्ट

बिना​निर्देशक फिल्म ‘रंगीन’को घोषणा

काठमाडौं: सोमबार निर्माण घोषणा भएको फिल्म ‘रंगीन’ले  विदेशी फिल्म प्रोडक्सनको शैली अपनाएको छ। कथा अनुसार कलाकार तय भएपछि निर्देशक अनुबन्ध गर्ने बाटो फिल्म युनिटले अपनाएको हो।

सुवास थापा प्रोडक्सनले र आकंक्षा ईन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्म ‘रंगीन’का लागि निर्देशक बाहेक  क्रियू मेम्बर समेत सार्वजनिक गरियो।
अफस्ट्रयाक लभस्टोरी केन्द्रमा रहने फिल्ममा निशा अशिकारीको मुख्य भूमिका रहनेछ। उनको अपोजिटमा अभिनेतामा नवराज श्रेष्ठ र बाबु भण्डारी तय भएका छन्। बाबु भण्डारीका लागि रंगिन डेब्यू फिल्म बन्नेछ।

फिल्ममा हाँस्य कलाकार महादेव त्रिपाठी र अजय श्रेष्ठको पनि अभिनय रहनेछ।

फिल्ममा किरण माईकलको पटकथा रहेको छ। निर्माता सुवास थापाले भने,'कथा मनपराउने र टिम मिल्ने गरी आपसी सहमतीमा निर्देशक छानिनेछन्।'

निर्देशक चयनका लागी तीन महिनाको अवधी तोकिएको छ। ईच्छुकले निर्माण टिमसँग सम्पर्क गर्नसक्ने बताईएको छ। जेठबाट फ्लोरमा जाने फिल्ममा संगीत ताराप्रकाश लिम्बुले भर्नेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell