काठमाडौँ : प्रहरीले विभिन्न व्यक्तिलाई जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध अुनसन्धान महाशाखाबाट खटिएको टोलीले जिल्ला मोरङ, बेलबारी गाविस वडा नं ४ घर भएका प्रेम पुरीलाई पक्राउ गरेको हो। पक्राउ परेका पुरीले कञ्चनपुर झलारी पिपलाडी घर भएका दिपेन्द्र कार्कीसहित केही व्यक्तिलाई राष्ट्रिय अनुसन्धान विभागको असईमा जागिर लगाइदिन्छु भन्दै २ देखि ७ लाखसम्म लिएको पीडितले प्रहरीमा उजुरी दिएका छन्।
पैसा दिएपछि नियुक्ति पत्र दिने भन्दै पैसा लिएर उनी फरार थिए। पक्राउ परेका पुरीलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा राखिएको छ।