PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

फिल्म 'रेश'को टिजरमा नीता ढुङ्गाना र विशालको प्रेम



पहिलोपोस्ट

फिल्म 'रेश'को टिजरमा नीता ढुङ्गाना र विशालको प्रेम

काठमाडौं: प्रदर्शनको क्रममा रहेको फिल्म 'रेश' ले प्रणय दिवसको अवसर पारेर फिल्मको म्युजिकल टिजर र दुई पोष्टर सार्वजानिक गरेको छ। सार्वजनिक टिजरमा चलचित्रका लागि मुख्य कलाकार नायिका निता ढुंगाना, पुष्पा लिम्बु तथा नव कलाकार विशाल रेग्मीलाई फिचर गरिएको छ।

पूर्वका केही ठाउँ र काठमाण्डौंमा छायांकन गरिएको यस फिल्मो गीत दुबईमा छायाँकन हुँदैछ। फिल्मलाई किशोर शुब्बाले निर्देशन गरेका हुन्। फिल्ममा मन्दील श्रेष्ठको सम्पादन र गोबिन्द राईको कोरियोग्राफि रहेको छ।  

फिल्म आउँदो बैशाख महिनाबाट प्रदर्शनमा आउने भनिए पनि डेट तोकिएको छैन। आफ्नो गाउँ ठाउँबाट संघर्ष गर्दै सपना पुरा गर्न काठमाण्डौं छिरेका चार पात्रको कथा फिल्मको केन्द्रमा छ।

फिल्ममा नायिका पुष्पा लिम्बु , महानायक राजेश हमाल , नायिका निता ढुंगाना , किरण केसी , सुलेमान शंकर (इकु) , रबिन्द्र खड्का र एजेस सैजुका साथै नव प्रस्तुतिमा बिशाल रेग्मीको पनि प्रमुख अभिनय रहेको छ।

हेर्नुस् टिजर: 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell